ताप्लेजुङमा लिम्बू विद्यार्थी मञ्चको केन्द्रीय अध्यक्षमा इन्द्रकुमारी निर्वाचित



ताप्लेजुङ । लिम्बू विद्यार्थी मञ्चको केन्द्रीय अध्यक्षमा इन्द्रकुमारी (दिपा) लक्सम निर्वाचित हुनुभएको छ । सोमबार ताप्लेजुङमा सम्पन्न मञ्चको ९ औँ महाधिवेशनबाट लक्समको नेतृत्वमा ३९ सदस्यि कार्य समिति निर्वाचित भएको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा नितेश सिङ्घक, उपाध्यक्षहरु बीक्रम शेर्मा, रामकुमार लिङ्दम, राजेश लिम्बु, दमन्ता साँवा र मोहन माबो रहेको पूर्व सचिव प्रजिन हाङवाङले जानकारी दिनुभयो ।

यस्तै महासचिवमा गुल्सन आङवुहाङ, उपमहासचिवमा प्रदिप नेयोङ र सागर चेमजोङ सचिवमा सेनी तुम्बापो, ताराविर लिम्बु, प्रविण सेलिङ र डिल्ली लिम्बू साथै कोषाध्यक्षमा मनकुमार लिम्बू निर्विरोध चयन हुनुभएको छ । सदरमुकाम फुङलिङमा आयोजित महाधिवेशनको आईतबार प्रदेश नम्बर एक का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङबोले उद्घाटन गर्नुभएको थियो ।

मुलुकभरका लिम्बू विद्यार्थीको साझा संस्थाकोे प्रदेश १ का १३ जिल्लामा जिल्ला शाखा विस्तार भएकाछन् । यस्तै काठमाण्डौ उपत्यका शाखा समेत गठन भएको छ । लिम्बू भाषामा व्यवहारिक शिक्षा लागु गर्ने उदेश्य सहित लोकगायक खगेन्द्र यक्सोको अध्यक्षतामा २०५५ सालमा मञ्चको स्थापना भएको थियो । सोहि अनुरुप आफु अघि बढ्ने नवनिर्वाचित अध्यक्ष लक्समले बताउनुभयो ।

सम्बन्धित समाचार