भालुको लिङ्ग काटेर खाने एक सिकारी पक्राउ



भालु मारेर तिनको लिङ्ग खाने एक सिकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।यार्नेन नामले चिनिने ति व्यक्तिले धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ ।

भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्ताङ्ग काटिएका भाले भालुका शवहरू फेला परेपछि शिकारीको खोजीलाई तिव्रता दिइएको थियो ।यार्नेन नाम गरेकी ति सिकारी फिरन्ते आदिवासी समुदायका हुन् । उनको समुदायमा भालुको लिङ्ग सेवन गर्दा यौन उत्तेजना बढ्ने अन्धविश्वास भएको मध्यप्रदेश वन विभागका रितेश सिरोठियाले बताए ।

यार्नेन अक्टोबर १९ मा गुजरात राज्यमा पक्राउ परेका हुन् । उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध सिकार र तस्करीमा संलग्न एक प्रमुख व्यक्ति भएको बताइन्छ ।

उनलाई बुधवार अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन् ।यार्लेन सबैभन्दा पहिले सन् २०१३ मा पक्राउ परेका थिए । त्यतिखेर प्रहरीले लिङ्ग र पित्तको थैली निकालिएका दुईवटा भालुका शव फेला पारेका थिए । जेलमा एक वर्ष बिताएर जमानतमा रिहा भएपछि उनी फरार भएको प्रहरीको भनाइ छ ।

भालुको कलेजोमा बन्ने पित्त उसको पित्ताशयमा जम्मा हुन्छ। भालुको पित्तलाई परम्परागत चिनियाँ उपचार पद्धतिमा कामोत्तजक औषधिका रूपमा प्रयोग गरिन्छ ।

सम्बन्धित समाचार