धरानमा नगर प्रमुख पदका लागि प्रकाश राई उम्मेदवार चयन



सुनसरी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उप निर्वाचनका लागि धरान उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि प्रकाश राईलाई उम्मेदवार चयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले राईलाई उम्मेद्वार चयन गरेको हो ।धरानबाट उम्मेदवारको लागि धरान कमिटिले जिल्ला कमिति सदस्य प्रकाश राईसँगै चोत्लुङ र वेणु काफ्लेको नाम सिफारिश गरेको थियो ।

नगरबाट सिफारश भएको ३ जनाको नाममा प्रदेश कमिटि पदाधिकारी बैठकले विजय राईको पनि नाम थपेर केन्द्रमा पठाएको थियो । त्यस्तै सचिवालय बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार