काठमाडौँ । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्का र प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् ।
महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समय अभावका कारण थुनछेक बहसलाई सोमबार पनि निरन्तरता दिइने भएको हो ।
महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् ।
जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारीअनुसार महराको पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिव २० जना अधिवक्ताहरुले रुची देखाएका हुन् ।
जसमा वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराललगायत रहेका छन् । जसमा मैनालीले मात्रै आज बहस गरेका हुन् ।
प्रतिक्रिया