धनकुटामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु



 धनकुटा

। धनकुटामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वको चिकित्सकिय टोलीले आज बाट कार्तिक २४ गते सम्म नि.शुल्क सेवा दिने भएका छन् ।

शिविरमा मुटु रोग, बाल रोग जाँच निशुल्क भइरहेको छ । शिविरमा चेकजाँच गराउँदा कसैको मुटुमा गम्भिर समस्या देखिए उनीहरुको काडमाण्डौमा निशुल्क उपचार गरिने आयोजकले जनाएको छ । आज पहिलो दिन २ हजार ५ सय ८ जनाले सेवा लिएको आयोजक समितीले जनाएको छ ।

जिल्ला समन्वय समिती धनकुटाको संयोजनमा धनकुटाका सबै स्थानिय निकाय सहित सरकारी कार्यालयको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

सम्बन्धित समाचार