पोखरामा स्वतन्त्रसहित २१ जना उमेद्वार चुनावी मैदानमा उत्रने



पोखरा। मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कास्कीमा विभिन्न दल र स्वतन्त्रसहित २१ जना उमेद्वार चुनावी मैदानमा उत्रने भएका छन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै रिक्त प्रतिनिधिसमा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारमध्ये ३ को उम्मेदवारी बदर, एक जनाले फिर्ता लिएको बताएको हो।  १४ राजनीतिक दल र ११ स्वतन्त्र गरी २५ उम्मेदवारले मनोनयन दर्ता गरेका थिए।

जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार आइतबार स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका हुन्। आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएकोमा स्याङजा घर भएका खनालले मात्र फिर्ता गरेको न्यौपाले जानकारी दिए।

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेदवारी निर्वाचन आयोगले बदर गरेको छ।  लिम्बु गत २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा आदिवासी जनजाति तर्फ प्राथमिकता क्रम ३ र बन्दसूचीको क्रमसंख्या १३ मा उम्मेद्वार रहेको आयोगले जनाएको छ।

सम्बन्धित समाचार