सडक निर्माण कार्य सम्पन्न नगरेको भन्दै इनरुवाका स्थानीय आन्दोलित



इनरुवा । समयमै सडक निर्माण कार्य सम्पन्न नगरेको भन्दै इनरुवाका स्थानीय आन्दोलित भएका छन् । धुलो र धुँवाले जनजीवन ग्रस्त हुनुका साथै जिर्ण छाडिएको सडक निर्माण कार्यले लामो समय बित्दा समेत पूर्णता नपाएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । उनीहरुले इनरुवाको भित्री बजार क्षेत्रको सडक खण्डमा अवरोध सृजना गरि खबरदारी समेत गरेका छन् ।

स्थानीयहरु आन्दोलित बनेपछि जिल्लाको दक्षिणी भेगलाई सदरमुकाम इनरुवा सम्म जोड्ने मुख्य सडक मार्ग बन्द हुन पुगेको छ । जिल्ला समन्वय समिति सुनसरी हुँदै इनरुवा बजार खण्डको सडकमा उत्रिएका स्थानीयले ठेकेदार कम्पनी र जनप्रतिनिधि प्रति आक्रोस पोखेका छन् । अवरोधका कारण सवारीका साधन सञ्चालनमा आउन सकेका छैन् । स्थानीयवासी सडकमा ढाट तेर्साएर बसेका छन् । उनीहरुले सो खण्डमा साईकल समेत सञ्चालनमा रोक लगाएका छन् ।

दुई वर्ष बित्दा समेत निर्माण थालिएको सडकले पूर्णता नपाएको भन्दै आक्रोसित स्थानीयले तत्काल निर्माण कार्य सम्पन्न गरिनु पर्ने माग समेत गरेका छन् । बाटो खुलाउन गरिएको प्रयास सफल नभएपछि सो खण्डमा गरिएको अवरोध जारी छ । सडक निर्माणको जिम्मा पाएको रमण कन्ट्रक्सनले लापरवाही गरेको र जनप्रतिनिधिको समेत वेवास्ताका कारण आफुहरुले सास्ती झेल्नु परेको स्थानीयहरुको भनाई छ ।

सम्बन्धित समाचार