लामिछानेलाई ज्यान मार्ने धम्की



टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेलाई एक माओवादीको पूर्व लडाकुले ज्यान मार्ने धम्की दिएका छन । आफ्नो नेता प्रचण्डको बारेमा रविले कडा अभिव्यक्ति दिएको भन्दै वेवारिसे लाश बनाउँने धम्की दिएका हुन । वाईसिएल नेपालका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष समेत रहेका शिव कोइराला ज्वालाले लामिछानेको वेवारिसे लाश बनाइदिने धम्की दिएका छन् । धम्की दिने क्रममा उनले सरकारको अनुसन्धान माथि पनि खिल्ली उडाएका छन ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत ‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख । अन्यथा रवि वेवारिसे लाश हुँदा तेरो अनुसन्धान गर्ने क्षमता कमजोर छ तैलाई अवगत होला है ।’

सम्बन्धित समाचार