खाँदबारीः आयुर्वेदिक स्वास्थ्य शिबिरबाट डेढ सय बढीले लिए सेवा




खाँदबारी । खाँदबारी १ नगरपालिका गेट छेउमा रहेको के.एच. फर्मा तथा प्राकृतिक थेरापी सेन्टर (कृष्ण होमियो तथा फार्मेसी) को आयोजनामा सम्पन्न भएको दुई दिने स्वास्थ्य शिविरमा डेढ सय बढीले स्वास्थ्य परिक्षण गरेका छन् । आयुर्वेदिक बरिष्ठ डाक्टर अमृत भण्डारीको उपस्थितीमा पुष ४ र ५ गते आयोजना गरिएको शिविरमा उक्त बिरामीहरुले स्वास्थ्य सेवा लिएका हुन् ।

शिबिरमा सङ्खुवासभा र भोजपुरका विभिन्न ठाउँबाट सेवा लिन बिरामीहरु आएका थिए । स्वास्थ्य परिक्षण गर्नेहरु मध्ये बढीजसो नशा र हाड जोर्नीको बिरामी पाईएको के.एच. फर्माका सञ्चालक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, उल्लेख्य रुपमा पायल्स र फिष्टुलाको बिरामीहरु पनि आएर सेवा लिएका छन् । यहाँ बिना अप्रेसन क्षारसुत्र बिधिबाट पायल्स र फिष्टुलाको उपचार गरिदै आएको छ ।

के. एच. फर्मामा आयुर्वेदिक पद्धतिबाट उपचार गरिने हुँदा कुनै साईड ईफेक्ट नहुने भएकोले पछिल्लो समय यस पद्धती तर्फ बिरामीहरु आकर्शित हुँदै आएका छन् । फर्मामा हरेक महिना विशेषज्ञ डाक्टरको उपस्थितीमा शिविर सञ्चालन गरिदै आएको फर्माका सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

क्षारसुत्र प्रविधिबाट पायल्सको उपचार गर्ने केही विरामीहरु ।

 

सम्बन्धित समाचार