खाँदबारी । सरकारले आव्हान गरेको लक डाउनको उल्लङ्घन गर्ने ८३ जनालाई प्रहरीले कारबाही गरेको छ । लक डाउनको समयमा विना काम घर बाहिर हिड्डुल गर्नेहरुलाई दुई घण्टासम्म उभ्याएर कारबाही गरेका छन् ।
चैत ३० गतेदेखि सुरु गरिएको यस्तो कारबाहीमा हालसम्म ८३ जना कारबाहिमा परिसकेका छन् । कारबाहीमा परेकाहरुलाई एक ठाउँमा जम्मा गरि दुई घण्टासम्म उभ्याएर कोराना भाईरस सम्बन्धी प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मुख्य गरि खाँदबारी बजार क्षेत्रमा हिड्डुल गर्नेहरुलाई यस्तो कारबाहि गरिएको हो ।
यसरी कारबाहिमा परेकाहरुलाई अव विना काम बाहिर ननिस्किने सर्तमा छोडिएको प्रहरी निरिक्षक सन्तोषकुमार राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया