कोरोना भाईरस रोकथाम सम्बन्धी चिचिला गाउँपालिकाको अनुरोध




विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोविड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लक डाउन गरेको सर्वविधितै छ । कोरोना भाईरसको संक्रमण तथा जोखिमबाट बच्न नेपाल सरकारबाट विभिन्न निर्णयहरु र सरोकारवालाहरुबाट कार्यन्वयन भईरहेको छ । यसै सन्दर्भमा संक्रमण भित्रिन र फैलन नदिन मानिस हिडडुल र सवारीसाधनको आवागमन कडाईका साथ बन्द गर्नु पर्ने भएको छ । यस चिचिला गाउँपालिका भित्र प्रवेश गर्ने तपशिलका स्थानहरुमा पुर्ण रुपमा आवतजावत बन्द गर्ने सवै वडा कार्यालयहरु, राजनैतिक दल, शिक्षक, बुद्धिजिवी, संघसंस्थाहरु लगायत सवै सरोकारवाला पक्षहरुलाई सहयोग र समन्वय गरि सहयोग गरिदिनहुन अनुरोध गर्दछौं ।

१) चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकासगँ समन्वय गरि चिचिला गाउँपालिका २ र खाँदबारी नगरपालिकाको सिमानामा रहेको बुसुवा खोलाको झोलुंगे पुलमा मानिस हिडडुल तथा सवारी साधन आवतजावत बन्द गर्ने ।

२) चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकासँग समन्वय गरि चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकाको सिमाना छ्याङ्कुटीमा मानिस हिड्डुल तथा सवारी साधन आवत जावतमा पुर्ण रुपमा बन्द गर्ने ।

३) चिचिला गाउँपालिका र मकालु गाउँपालिकासँग समन्वय गरि चिचिला र मकालु गाउँपालिकाको सिमानामा रहेको देउरालीमा मानिस हिड्डुल तथा सवारी साधन आवत जावतमा पुर्ण रुपमा बन्द गर्ने ।

४) साथै अन्य स्थानको प्रवेश मार्गहरुमा मानिस हिडडुल तथा सवारी साधन सञ्चालन पुर्ण रुपमा बन्द गरिने ।
कोरोना भाईरस रोकथामको लागि सवै लागि पर्नको लागि अनुरोध छ । विभिन्न स्थानमा गरिएको बन्दाबन्दीको कारण आम नागरिकहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।

पासाङ नुर्वु शेर्पा
अध्यक्ष
चिचिला गाउँपालिका, संखुवासभा

 

सम्बन्धित समाचार