ताम्कु । सिलिचोङ गाउँपालिकाले नागरिकहरुलाई घरघरमा पुगेर हात धुन सिकाउन थालेको छ । कोरोना रोकथामसँगै विभिन्न रोगहरुबाट बच्न गाउँपालिकाले हात धुने जनचेतना मुलक कार्यक्रम सुरु गरेको हो ।
अधिकांश रोगहरु फोहोर हात हुँदै पेटसम्म पुग्ने र त्यही फोहोरकै कारण रोग लाग्ने भएकोले उपयुक्त विधिबाट हात धुने अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ । हात सफा भए कोरोना भाईरसको संक्रमण रोकथाममा समेत टेवा पुग्ने भएकोलले हात धुने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । यो अभियान सञ्चालन गर्नको लागि प्रत्येक वडाको ब्यवस्थापनमा स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुको टोली परिचालन गरिएको अध्यक्ष कुलुङले बताउनुभयो । कोरोना त छँदैछ, उचित तरिकारले सवैले हात धोरे धेरै रोगहरुबाट बच्न सकिने भएकोले यो कार्यक्रम अगाडी बढाएका हौ अध्यक्ष कुलुङले भन्नुभयो ।
हात धुने अभियानमा प्रत्येक परिवारलाई दुई दुई डल्लो साबुन वितरण गरिएको बताईएको छ । साही सावुनको प्रयोग गरेर उपयुक्त विधि अनुसार हात धुन सिकाईएको स्वास्थ्य शाखाले जनाएको छ । हात धुने अभियानमा कोरोना भाईरसबाट बच्ने उपायबारे जनचेतना मुलक पोष्टर समेत वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । नागरिकहरुको घरघरमा पुगेर स्वास्थ्य र सरसफाई सम्बन्धी जानकारी गराईएको पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया