सङ्खुवासभा, । यस बर्षको असार सकिदा सङ्खुवासभामा ४५ प्रतिशत मात्र रोपाई सकिएको छ । कृषी ज्ञान केन्द्र सङ्खुवासभाको गत आईतबारको तथ्याङ्क अनुसार जिल्लामा ४५ प्रतिशत मात्र रोपाई सकिएको हो ।
जिल्लाको माथिल्लो भगमा रोपाई सकिएपनि दक्षिणी भेगमा आधा भन्दा बढी रोपाई बाँकी रहेको कृषी ज्ञान सङ्खुवासभाका प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । जिल्लाको तल्लो क्षेत्रहरुमा असार अन्तिमदेखि साउन पहिलो हप्तामा मात्र रोपाई गरिने भएकोले रोपाई प्रतिशत कम रहेको प्रमुख आचार्यको भनाई छ । तल्लो भेगमा पनि रोपाई सुरु भएकोले अव एक हप्ता भित्र रोपाईको परिमाण ह्वात्तै बढेर जाने समेत प्रमुख आचार्यले बताउनुभयो ।
सङ्खुवासभामा ३० हजार हेक्टर धान खेत रहेको मध्ये १५ हजार चार सय ३६ हेक्टरमा आकाशे पानीको भरमा रोपाई गरिन्छ । त्यस्तै ९ हजार ३ सय २२ हेक्टर बर्षातको समयमा मात्र र ५ हजार २ सय ४२ हेक्टर बर्षै भरि सिचिंत छ । अघिल्लो बर्षहरुमा भने पर्याप्त पानी नपरेकोले आकाशे पानीको भरमा गरिने रोपाई न्युन हुँदा खेत बाँझिने गरेको थियो । तर यस बर्ष बर्षात भईरहेकोले शत प्रतिशत रोपाई हुने अपेक्षा रहेको कृषी ज्ञान केन्द्रका प्रमुख गोविन्द प्रसाद आचार्यले बताउनुभयो ।
प्रतिक्रिया