आइपीओमा अर्को रेकर्ड, सानिमा जनरल इन्स्योरेन्समा झण्डै ९ लाखले गरे आवेदन




काठ्माण्डौ । सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा झण्डै ९ लाखले आवेदन गरेका छन्। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको छ ।

आइतबारदेखि इन्स्योरेन्सको शेयर बिक्री बन्द भएको छ। बिक्री बन्द भएपनि बैंकमार्फत आवेदन दिने लगानीकर्ताको आवेदन अझै थप हुने छ। यसकारण अन्तिम नतिजा आँउदा यसको सँख्या अझै बढ्न सक्छ। इन्स्योरेन्सको शेयरमा हालसम्मकै धेरै आवेदन परेको छ। आईपिओमा लगानी गर्ने लगानीकर्ताको सँख्या दैनिक बढ्दो छ। यसैकारणा हरेक सार्वजानिक निष्काशनमा आवेदन गर्ने लगानीकर्ताको सँख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ।

इन्स्योरेन्सको आइपीओमा १ अर्ब ९० करोड १२ लाख ३४ हजार रुपैंया बराबरको १ करोड ९० लाख १२ हजार ३४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो मागभन्दा ६।९६ गूणा बढी हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्बसाधारणमा बिक्री खुल्ला गरेको हो।
छन्।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार