सिलिचोङमा धमाधम केन्द्रीय विद्युत प्रसारण लाईन विस्तार हुँदै



ताम्कु । सिलिचोङ गाँपालिकाको वडा नम्बर ४ मांतेवा र वडा नम्बर ५ याफुमा विद्युतको केन्द्रीय प्रसारण लाई तिब्र गतिमा विस्तार भईरहेको छ । चिचिला गाउँपालिकाको खेवाटार हुँदै तम्बेबेशीबाट विद्युत भित्राएर गाउँमा विस्तार भईरहेको हो ।

वडा नम्बर ५ याफुको वडा कार्यालय वरिपरिको टोलमा विद्युत बालिसकिएको छ भने अन्यमा विद्युत विस्तारको काम भईरहेको वडा अध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । गाउँको माथिल्लो क्षेत्रमा पोल तार लगायतका सामानहरु ढुवानी गर्न केहि ढिलाई भएकोले विद्युत बाल्न ढिलो भएको अध्यक्ष कुलुङको भनाई छ ।

यता वडा नम्बर ४ मांतेवामा पनि दशै अघि नै केहि स्थानहरुमा विद्युत बाल्ने गरि काम भईरहेको अध्यक्ष देवेन्द्र बान्तावाले जानकारी दिनुभयो । दशै अघि नै सवै गाउँहरुमा विद्युत बाल्ने योजना भएपनि प्राविधिक जनशक्ति अभावका कारण बिद्युत बाल्न ढिलो भएको अध्यक्ष बान्तावाले बताउनुभयो । कम्तिमा दशै अघि वडा कार्यालय लगायतका केहि स्थानमा विद्युत बाल्ने गरि काम भईरहेको अक्ष्यक्ष बान्तावाको भनाई छ ।

वडा नम्बर ४ र ५मा विद्युत बाल्न आर्थिक बर्ष २०७३/०७४ मा नै सिलिचोङ गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । उक्त आर्थिक बर्षमा गाउँपालिका र वडाले ३३ लाख रकम बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटले उपभोक्ता समिति मार्फत विद्युत विस्तार कार्य अगाडी बढाईएको थियो । उक्त समयमा पोल खरिद र ढुवानीको कार्यमा नै बेरुजु आएपछि ल्याइएको ५१ वटा विद्युत पोल चिचिला गाउँपालिकाको खेवाटारमा अलपत्र अवस्थामा छ । यस विषयमा कार्यपालिकाको बैठकबाटै समाधान खोज्नुपर्ने वडाध्यक्ष देवेन्द्र वान्तावाले बताउनुभयो ।

सम्बन्धित समाचार