संखुवासभाका निर्देशक विज्ञान राईद्वारा निर्देशित म्युजिक भिडियो ‘फास्लो पे’ सार्वजनिक



संखुवासभा । संखुवासभाका निर्देशक विज्ञान राईको निर्देशनमा सुन्दर नगरी पोखरा र फेवाताल लगायतमा छायाङ्कन गरिएको बलिउड म्युजिक भिडियो ‘फास्लो पे’ बिहीबार सार्वजनिक भएको छ।

फेवाताल र पोखरा क्षेत्रको प्रचारप्रसार हुने गरी तयार गरिएको उक्त म्युजिक भिडियोले नेपालको पर्यटन क्षेत्रको प्रचारमा सहयोग पुग्ने विश्वास लिइएको छ । सार्वजनिक भिडियोलाई सन्जय लामाले छायाँकन गरेका हुन् । १०० भन्दा बढी नेपाली भिडियोमा निर्देशन गरिसकेका राईको ‘फास्लो पे’ पहिलो बलिउड भिडियो हो । लुजमोसन ९९ इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको उक्त गीत बलिउड भिडियो निर्माणमा निर्देशक राईले उत्कृष्ट प्रर्दशन गरेको छन । लुजमोसन ९९ इन्टरटेन्टमेन्टले उत्पादन गरेको उक्त म्युजिक भिडियोमा राजु सर्दारले सङ्गीत दिएका छन् भने बलिउडका सुपरहिट गायक यासेर डेसाईले स्वर दिएका छन र यश इश्वरीको शव्द रहेको छ ।

संखुवासभामा जन्मिएका राई क्याम्पसको तहको पढाइ सकेपछि काठमाडौं गएर निकै संघर्ष गर्दै बलिउडसम्मको निर्देशन यात्राले अझ उत्साहित र थप बढी जिम्मेवारी थपिएको बताउँछन् । नेपाली म्युजिक भिडियो निर्देशकले बलिउडमा प्रवेश गरेसँगै नेपालि म्युजिक भिडियो इन्डस्ट्री अब्बल बन्दै गएको पाइएको छ ।

सम्बन्धित समाचार