प्रदेश १ मा पनि कोरोना तिब्र रुपमा फैलीदै



विराटनगर । प्रदेश १ मा पनि कोरोना तिब्र रुपमा फैलीदै आएको छ । आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीयतहनखुलेका १–१ जना, झापाको दमकमा ४, विर्तामोड र भद्रपुरमा १–१, सुनसरीको धरानमा २, इटहरी र दुहवीमा १–१ र प्रदेश १ बाहिरका १जनामा संक्रमण देखिएको छ । प्रदेश १ माआज सम्म ३० हजार ४३८ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ माआज १९५ जनाको पीसीआर परीक्षण गर्दा ७ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३२ हजार ९५३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार