दोश्रो चरणको कोरोना भइरस बढेपछि संखुवासभा उद्योग वाणिज्य संघले बैशाख २२ देखि ३१ गते सम्म संखुवासभाका पसल व्यवसाय बन्द गर्ने भएको छ । संघले मंगलबार जारी गरेको विज्ञप्तीमा औषधि पसल पुरै संचालन गरिनेछ । खाद्यान्नको पसलहरु बिहान ६ देखि ९ र बेलुकी ४ देखि ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्ने र साप्ताहिक हाटबजार आउने सागसव्जीलाई बजार घुमाएर बिक्रि गनुपर्ने संघले जनाएको छ ।
प्रतिक्रिया