ग्रीष्म ऋतुमा नेपालका हिमाल आरोहणका लागि पहिलो अनुमति प्रदान


११ श्रावण २०७८, सोमबार


 

काठमाण्डौ । समर सिजन अर्थात् ग्रीष्म ऋतुमा नेपालका हिमाल आरोहणका लागि पहिलो अनुमति जारी भएको छ ।

पर्यटन विभागले मुस्ताङमा रहेको ६ हजार २९ मिटर अग्लो घ्युन हिमाल आरोहणका लागि अनुमति प्रदान गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

दुई जना पुरुष र दुई जना महिला गरी चार जना रहेको एउटा समूहले अनुमति लिएको हो । उनीहरू सबै नेपाली नागरिक हुन् ।

सम्बन्धित समाचार