वसन्त ऋतुमा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरे


१८ श्रावण २०७८, सोमबार


काठमाण्डौ । गएको वसन्त ऋतुमा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेका छन् । शिखरमा पुग्ने आरोहीमध्ये सबैभन्दा धेरै नेपालका दुई सय ८३ जना रहेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

यस्तै अमेरिकाका ३२ जना, चीनका २४ जना, भारतका २० जना, बेलायतका १३ जना र बहराइनका १० जना शिखरमा पुगेका छन् । हिमाल आरोहणको मुख्य सिजन मानिने वैशाख र जेठ महिनामा आरोहीहरू शिखरमा पुगेका हुन् ।

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि वसन्त ऋतुमा पहिलो पटक आरोहण भएको हो ।

सम्बन्धित समाचार