भोटखोलामा मोबाइल टावरको लागि ५५ लाख विनियोजन,


२६ श्रावण २०७८, मंगलबार


पुर्वको कर्णाली भनेर चिनिने संखुवासभा जिल्लाको अति दुर्गम शिङ्सा क्षेत्र भोटखोलामा मोबाईल टावरको बाराम्बार समस्या भैरहेको छ । भोटखोला गाउँपालिका वडा नम्बर २ मा रहेको माक्पालुङमा जडित टावरमा सोलारले काम नगरेपछि उत्तरी क्षेत्र मोबाइलमा संपर्क बिच्छेद भैरहने मुख्य समस्या रहेको छ । भोटखोला शिङ्सा क्षेत्रमा हाल सिडिएमए स्काईको रिम मार्फत मोबाईल संचालनमा छ । तर उर्जा आपूर्तिमा कमि भए पछि अनियमित भैरहने समस्या छ ।

भोटखोला गाउँपालिकाले टावरमा बुद्युत आपूर्ति गर्न चालू आर्थिक वर्षमा ५५ लाख बजेट विनियोजन गरिएको कुरा गाउँपालिका अध्यक्ष तेम्बा भोटे ९ ठिलेन साङ्बु० ले जानकारी दिएको छ। उक्त विनियोजित बजेटमा गाउँपालिकाबाट २५ लाख वडा नम्बर २ बाट २५ लाख र वडा नम्बर ४ बाट ५ लाख गरि ५५ लाख बजेट विनियोजन भएको बताए । सो बजेटमा स्टिमेट अनुसार ३३ लाख अपुग हुने कुरा गापा अध्यक्ष तेम्बाले बताए । तर लगभग ६३ लाखसम्ममा सम्पन्न हुने अनुमान गरिएको बताए । ३३ लाख नपुग बजेटको लागि भनेर गाउँपालिकाले नेपाल टेलिकम शाखा खाँदबारी संखुवासभामा पत्राचार गरिएको छ ।

विनियोजन गरिएको सो बजेटले चेपुवामा रहेको बिद्युतलाई माक्पालुङ डाँडामा लानको लागि पोल तार लगायतमा खर्छ गरिने बताए । सोलार प्रणालीले काम नगरेपछि चेपुवाको बिद्युत टावर लान आवस्यक रहेको बताए । पटकपटकको बिद्युत आपूर्ति नहुँदा टावरले काम नगरेपछि उत्तरी क्षेत्रमा स्काई मोबाईल पुगेर पनि नियमित सेवा दिननस्क्दा संचार आवागमन ठप्प हुने गरेको छ।

सम्बन्धित समाचार