१८ बर्षिय जोनले बनाएको रकेटको सफल परिक्षण



काठमान्डौ । सिरानचोक गाउँपालिकाको श्रीनाथकोट घर भइ हाल गोरखा नगरपालिका–१० एघार किलोमा बस्दै आएका १८ बर्षिय जोन तामाङले फलाम र घरायसी सामान प्रयोग गरेर बिभिन्न उपकरणहरु बनाएका छन् ।

६ बर्षको अन्तरालमा रिमोट कार, प्यारामोटरको इन्जिन, रकेट, घरेलु पे*स्तोल जस्ता उपकरणहरु बनाएको उनले बताए । कुन्दुरको महेन्द्र माविमा कक्षा दशमा अध्यनरत तामाङले कुनै तालिम लिएका छैनन् । इन्टरनेटको सहयोग लिदै बनाएको पे*स्तोल र रकेटको शनिवार उनले सफल परिक्षण समेत गरेर देखाए ।

सानै देखि मेकानिकल काममा रुची राख्ने तामाङलाइ मेकानिकल इन्जिनियर बन्ने रहर छ । बिभिन्न मेला महोत्सवमा समेत उनले आफ्नो सिप देखाइसकेका छन् ।उपकरण निर्माणका लागी करिव ५० हजार रकम खर्च भएको तामाङले जानकारी गराए । फरक क्षमतामा लगाव देखाएका तामाङको क्षमता देखेर छिमेकी पनि दंग छन् ।

सम्बन्धित समाचार