सखंवासभाको खाँदबारी नगरपालिका – ९ तुम्लिङटारमा रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयलाई टेलिस्कोप हस्तान्त्रण गरेको छ । सोमबार अमेरिकी नागरिक टेड आन्ना मेरीले मनकामना माध्यमिक विद्यालयलाई आधुनिक टेलिस्कोप हस्तान्त्रण गरेका छन् ।
सोमबार विद्यालयमा भएको एक कार्यक्रमका बिच मनराम फाउण्डेसनका उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ मार्फत विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष देबेन्द्र घिमिरेलाई टेलिस्कोप हस्तान्त्रण गरिएको विद्यालयका प्रधानाध्यापक कुबेर प्रसाद भेटुवालले जानकारी दिए । हस्तान्त्रण गरिएको टेलिस्कोप दुई लाख रुपैयाँ बराबरको भएको मनराम फाउण्डेसनले जनाएको छ ।
हस्तान्त्रण गरिएको टेलिस्कोप जडान भएपछि ब्रह्माण्डको अध्ययन खोज अनुसन्धान गर्ने विद्यार्थीहरुका ठूलो सहयोग पुग्ने प्रअ भेटुवालले बताए । मनराम फाउण्डेसनको संयोजनमा मनकामना विद्यालयले टेलिस्कोप जस्ता महत्वपूर्ण सामग्री पाएको प्रअ भेटुवालले बताउनु भयो । फाउण्डेसनले मनकामना विद्यालयलमा पूस्तकालय,अध्ययन केन्द्र स्थापना गरिसकेको छ ।
मनरामले विद्यार्थीहरुका लागि विभिन्न किसिमका छात्रबृती प्रदान गर्दे आएको विद्यालयले जनाएको छ । फाउण्डेसनले विद्यार्थीको अध्ययनमा सहज बनाउन शैक्षिक सामग्रीहरु समेत उपलब्ध गराउने गरेको छ । मनराम फाउण्डेसनले संखुवासभाका लगायत देशका विभिन्न स्थानमा पूस्तकालय समेत स्थापना गरेको छ ।
प्रतिक्रिया