भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा र कृषि ज्ञान केन्द्र संखुवासभाले आर्थिक वर्ष ७८.०७९ का लागि साढे ८ करोड बढीको कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार विज्ञ केन्द्र र ज्ञान केन्द्रले जिल्ला समन्वय समितिको सभाहलमा आगामी आर्थिक वर्षका लागि सो रकम बराबरको कार्यक्रम सार्वजनिक गरेको हो ।
विज्ञ केन्द्रले प्रदेश सरकार मार्फत ४ करोड २६ लाख ६७ हजार र संघीय सरकार मार्फत प्रधानमन्त्री कृषि आधुकिकरण परियोजनाको लागि १ करोड १७ लाख ४५ हजारको कार्यक्रम संचालन गरिने केन्द्रका प्रमुख हिमालय पोख्रेलले जानकारी दिए ।
ज्ञान केन्द्रका प्रमुख गोविन्द प्रसाद आचार्यले प्रदेश सरकार मार्फत २ करोड ९० लाख ८३ हजार र संघीय सरकार मार्फत प्राप्त १ करोड ७४ लाख ५ हजारको कार्यक्रम सञ्चालन गरिने बताए ।
कार्यक्रममा संखुवासभाका स्थानीय तहहरुका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत लगायत विषयगत कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया