संखुवासभा । “महामारीको नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता, माक्स लगाउनु नै हो आजको प्रतिवद्धता भन्ने ” मूल नाराका साथ चैनपुर नगरपालिकाको अगुवाइमा चैनपुर बजारमा माक्स वितरण गरिएको छ ।
म पनि माक्स लगाउछु र अरुलाई पनि माक्स लगाउन प्रेरित गर्छु भन्दै प्लेकार्डका साथ चैनपुर नगरपालिकाको सहयोगमा चैनपुर कर्मचारी मैत्री केन्द्रले माक्स वितरण गरेको चैनपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणप्रसाद ढकालले बताए ।
नेपला सरकारले देशव्यापी रुपमा श्रावण २३ गतेदेखि २९ गते सम्म नागरिकहरुलाई माक्स वितरण तथा माक्स लगाउन प्रेरित गर्ने अभियानको रुपमा नेपाल माक्स अभियान संखुवासभाको चैनपुरमा पनि बुधबार यस किसिमको कार्यक्रमको आयोजना गरको चैनपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठले बताए ।
चैनपुर नगरपालिकाको जिरोप्वाइन्टबाट शुरु गरिएको प्लेकाड सहितको ¥यालीमा सुरक्षा नियका, निजामती कर्मचारी, स्थानीयतहका कर्मचारीहरु, लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।
प्रतिक्रिया