मृगौला फेल भएका चेवाका बर्देवालाई उपचारमा आर्थिक अभाव


३२ श्रावण २०७८, सोमबार


संखुवासभाको खाँदबारी नगरपालिका –२ चेवाका ४० बयर्षीय सुमन बर्देवालाई उपचारमा आर्थिक अभाव भएको छ । दुबै मृगौला फेला भएको बर्देवाको उपचारमा आर्थिक अभाव भएको हो । काठमाण्डौंको टिचिङ अस्पतालमा उपचार बर्देवाको उजचारमा आर्थिक अभाव भएपछि परिवारले सञ्चार माध्यमबाट सहयोगको याचना गरेका हुन् ।

काठमाण्डौंको टिचिङ अस्पतालमा ३ महिना देखि उपचाररत बर्देवाको दुबै मृगौला फेल भएको छ । काठमाडौं टिचिङ अस्पतालमा डाइलसिस गर्दै आएका बर्देवाले हाल सम्म १४ पटक मृगौला डायलसिस गरिसकेका छन् । आर्थिक अवस्था निकै कमजोर बर्देवाले स्थानीय सरकार र जिल्लाबासी र विभिन्न संघ संस्थालाई सहयोगका लागि याचना गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको शाखा धरानको खाता नम्बर २१२०१००००१४००१४ मा सहयोग रकम जम्मा गरिदिन अपिल गरेका छन् । सहयोगका लागि ९८४२९५७२३६ र ९८२४३१११४८ नम्बरमा सम्र्फक गर्ने परिवारले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार