झापामा पर्यटन महोत्सब २०७६ को आयोजना गरिने



झापा। झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सब २०७६ को आयोजना गरिने भएको छ ।नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महोत्सब हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । छरिएर रहेका मौलिक कला, संस्कृति र परम्परा तथा रीतिरिवाजलाई संरक्षण गरौं, आन्तरिक पर्यटनमा मद्दत पुर्याउ भन्ने मुख्य उदेश्य सहित महोत्सबको आयोजना गर्न लागिएको जनाईएको छ ।

बिशेष गरेर सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि आन्तरिक पर्यटन प्रबद्र्धन गर्न यो महोत्सबले महत्वपूर्ण भूमिका खेल्ने गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीको भनाइ छ ।महोत्सब आगामी मंसिर ८ गतेबाट सुरु भई १६ गते समापन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

महोत्सबलाई सभ्य र भब्य बनाउन गौरादह नगरपालिका, लायन्स क्लब अफ गौरादह, गौरादह जेसिस, गौरादह उद्योग वाणिज्य संघ लगायत छिमेकी गाउँपालिकाहरु गौरिगञ्ज, कमल भित्र

सम्बन्धित समाचार