भोजपुरमा कोरोना संक्रमित ह्वात्तै बढे


४ भाद्र २०७८, शुक्रबार


भोजपुर । भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट आज एकै दिन ४३ जना संक्रमित भएकाछन् । आज ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ७ सय ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए । यो संख्या असार ७ यताको सवैभन्दा वढि हो ।

दोस्रो लहरको कोभिड १९ को जम्मा ३ सय ९६ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय ३ जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ५७ सय १४ जनाको परिक्षण गरिएकोमा १६सय ७५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

भोजपुरमा हालसम्म सवैभन्दा धेरै भोजपुर नगरपालिकामा ५ सय ३९ जनालाई कोरोना संक्रमण देखिएको छ। जिल्लाको षडानन्द नगरपालिकामा १२७, हतुवागढीमा २०९, आमचोकमा ९८, पौवादुम्मामा ४८, अरुणमा १६३, राम प्रसाद राईमा १६२ , टेम्के मैयुंगमा २५३ जना र साल्पा सिलिंछो गाउँपालिकामा १७९ जना संक्रमित भएकाछन् ।

भोजपुरमा २ सय ४२ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत् रहेकाछन् । जिल्ला वाहिर ४० जनालाई उपचारको लागि पठाईएको छ । जिल्लामा संस्थागत आईसोलेसनमा १ जना र होम आईसोलेसनमा २४१ जनारहेकाछन् । कोभिडवाट भोजपुरका १० जनाको मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा हाल सम्म १४ सय ८९ जना कोरोना संक्रमण मुक्त भएकाछन् ।कोरोना संक्रमण मुक्त हुनेमा षडानन्द नगरपालिकामा ११९ जना, भोजपुरमा ४३७, आमचोकमा ५९, साल्पा सिलिंछोमा १७६, टेम्के मैयुंगमा १६६ ,पौवादुम्मामा २९,अरुण गाउँपालिकामा १५३, जना राम प्रसाद राईमा १५८ र हतुवागढी गाउँपालिकामा १९२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित समाचार