पानीको भाडोमा डुबेर २ वर्षीया बालिकाको मृत्यु



ईलाम । ईलामको माई जोगमाई गाउँपालिका ४ बस्ने गंगाराम देवानको २ वर्षीया छोरी एन्जिला देवानको पानीको भाडोमा डुबेर मृत्यु भएको छ ।

शनिबार बिहान ९ बजेको समयमा आफ्नै घरमा भाँडामा राखिएको पानीमा डुबेर घाईते अवस्थामा फेला परेकी बालिकाको उपचारको क्रममा जिल्ला अस्पताल ईलाममा बिहान ११ः५० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार