मकालु त्रिशक्ति समूह माट्स नेपाल संखुवासभाद्वारा संचालित बाल कल्याण गृहमा आज विभिन्न ब्यक्तिहरुले सहयोग गरेका छन् ।
बाल कल्याण गृहका भाईबहिनीहरुसँग आफ्नो बैबाहिक बार्षिकोत्सब मनाउदै गुणराज श्रेष्ठ तथा सबिना श्रेष्ठले बाल कल्याण गृहलाई ३ थान सिरक र ३ थान तन्ना सहयोग गर्नु भएको छ । एक कार्यक्रमका बीच संस्थाका सचिब तथा बाल कल्याण गृहका संयोजक सरोज श्रेष्ठले उहाँहरुको सुखद दाम्पतिय जिवनको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
त्यस्तै बाल कल्याण गृहमा शिखर इन्स्योरेन्स खाँदबारी शाखाका शाखा प्रमुख मन्जला श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर गृहका बालबालिकाको सुचना तथा संचारको सुलभ पहुचको लागि डिस होम सेट बितरण गर्नु भएको थियो ।संस्थाका सचिव सरोज श्रेष्ठले समग्र माट्स नेपालको तर्फ बाट उहाँको आगामी दिनहरु अझ सफल होस भनि शुभकामना समेत व्यक्त गर्नु भएको थियोे । सोही कार्यक्रममा श्रेष्ठकी नन्द निरुना श्रेष्ठले केहि स्टेसनरी सामाग्री समेत बितरण गर्नु भएको थियो ।
आजै माट्स नेपाल द्वारा संचालित बाल कल्याण गृहमा समाजसेवी तथा ब्यापारी हिमाल श्रेष्ठले आफ्नो सुपुत्र हेन्सल श्रेष्ठ (कृष)को जन्मोत्सव गृहका बालबालिकाहरुलाई खाध्य सामग्री बितरण गरी गृहका बालबालिकासंग मनाउनु भएको छ । वितरण कार्यक्रममा बोल्दै समाजसेवी तथा ब्यापारी श्रेष्ठले आगामी दिनहरुमा पनि बाल कल्याण गृहलाई थप सहयोग गर्ने धारणा राख्नु भएको थियो । जन्मदिन मनाउने श्री हेन्सल श्रेष्ठलाई सुस्वास्थ्य, दिर्घायु तथा सफल जिवनको शुभकामना संस्थाका अध्यक्ष सन्तोष चापागाईंले दिनु भएको थियो।
माट्स नेपाल द्वारा संचालित बाल कल्याण गृहमा बिबिध अवसर परेर सहयोगी मन भएका ब्यक्तिहरुले बेला बेला सहयोग गर्ने गरेको संस्थाका सचिब तथा बाल कल्याण गृह संयोजक सरोज श्रेष्ठले बताउनु भयो ।
आजै आफ्नो स्वर्गीय पिता लक्ष्मण उदासको तेस्रो महिनाको पुन्य तिथि परेर छोरा बुहारिहरु श्री मोहन उदासर शर्मिला मास्के उदास तथा किरण बाबू उदासर सरिता उदासले गृहका बालबालिकाहरुलाई एक कार्यक्रमका बिच खाध्य सामग्री बितरण गर्नु भएको थियो ।
प्रतिक्रिया