करिब दुई हप्ता देखिको निरन्तरको वर्षाले रुद्राक्ष किसान तथा व्यपारी चिन्तित बनेका छन् । निरन्तर वर्षाको कारण रुद्राक्ष बोटमै कुहिएर झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । निरन्तरको वर्षातले बगानका रुद्राक्षहरु झर्न थालेपछि योवर्ष किसानलाई निराश बनाएको छ ।
चिन, भारत लगायतका बाह्य मुलुकमा करोडौँ मूल्यमा निर्यात हुने रुद्राक्ष पछिलो समयकोवर्षातले झर्न थालेको किसानहरुको बुझाई छ । मूख्य आम्दानीको श्रोत रहेको रुद्राक्ष खेती अविरल वर्षातले क्षति पुर्याएपछिव्यपारमा ह्रास आउने किसानहरु बताउछन् ।
खेतीको रुपमा रहेको रुद्राक्ष बगानमा अत्याधिक बर्षातकै कारण रुद्राक्ष दाना बोटमै कुहिन थालेको षडानन्द नगरपालिका १ नेपालेडाडाँका रुद्राक्ष किसान रामचन्द्र गौतमले सुनाए । ‘भारी बर्षातले राम्रो दाना अड्डिन नै पाएन, यस्तै वर्षा अझै केहिदिन भईरहे रुद्राक्ष बेचौला भन्ने आश मर्यो उनले भने कोरोनाले व्यापार पनि खस्किएको बेला फल नअडिदा झन समस्या भयो । उनले थपे यस वर्षातमा मेरो वगानको ११/१२ मुखे देखि लिएर १६/१७ मुखेसम्म रुद्राक्ष झरिसको । किसान गौतमका अनुसार पानी नपरेको भए झण्डै यतिबेला कारोवार सुरु हुन्थ्यो । उनका अनुसार वर्षातमा टिपेको रुद्राक्ष हल्का हुनेर दाम नआउने हुदाँ व्यपारीले रुचाउदैनन् ।
पछिल्लो समयमा रुद्राक्षमा विभिन्न औषधिहरुको प्रयोग गरेतापनी फल अडिनुको सट्टा उल्टै बढि मात्रामा झर्न थालेको अर्का कृषक षडान्नद नगरपालका वडा नं ४ का सन्तोश राईले बताए । उनले भने, ‘यसवर्ष फुल त अडिएकै थियो तर पछिल्लो समयको वर्षाले फल अडिन पाएन ।
कारोवार सुरु भएन
भोजपुरको षडानन्द नगरपालिकाको प्रमुख आय आर्जनका रुपमा रहेको रुद्राक्ष व्यवसाय यस वर्ष सुरु हुन सकेको छैन । यस वर्ष कोरोनाका कारण चिनियाँ व्यापारी नआउँदा कारोवार सुरु हुन नसकेको हो । विगत वर्षहरुमा यस बेला गाउँ गाउँमा छ्याप्छाप्ती पुग्ने चिनियाँ व्यापारीहरु यस वर्ष देखिएका छैनन् । सयौंको संख्यामा रुद्राक्ष कृषकहरु थपिएका छन् ।
भएका खेतबारी रुद्राक्ष बोटले भरिएका छन्, तर व्यापार हुने कुनै सम्भावना छैन । रुद्राक्ष व्यपारी तथा कृषक षडानन्द नगरपालिकाका ४किसान राईले भने लाखौं खर्च गरेर कृषकले मलजल र औषधी पनि हालेका छन्, तर व्यापार हुने कुनै लक्षण छैन ।
भोजपुरको षडानन्द नगरपालिका क्षेत्रबाट मात्रै वर्षेनी करोडौको रुद्राक्ष कारोबार हुँदै आएकोमा गत वर्ष समेत कोरोनाको कारण भएको लकडाउनले कारोबार हुन पाएको थिएन् ।
चिनियाँ व्यापारीले भरिने दिङ्ला गाउँघर र होटल पसल पनि यसवर्ष सुनसान देखिन्छन् । रुद्राक्षको व्यापार व्यवसायमा लगानी गर्ने कृषक र ठेकेदार सुस्ताउँदा व्यापार व्यवसायमा समेत मन्दी आएको व्यपारी तथा कृषकहरुको बुझाइ द्छ । विगत वर्षहरुमा साउन लागेसँगै रुद्राक्षको कारोबार सुरु हुन्थ्यो । यस वर्ष विशेष गरि चिनियाँ व्यपारिहरु हालसम्म नआउदा कारोवार सुरु हुन नसकेको हो ।
प्रतिक्रिया