पाँचखपन । पाँचखपन नगरपालिकाका १९ जना जनप्रतिनिधीहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा नै रहने भएका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचखपन नगर कमिटीले विज्ञप्ती मार्फत जानकारी गराएको हो ।
पाँचखपनका उपप्रमुख सहित १९ जना एमालेमा नै रहेका छन् भने अन्य ३ जना समेत पार्टीको सम्पर्क र समन्वयमा रहेको जनाइएको छ । अन्य ५ जना जनप्रतिनिधीहरु खुलेका छैनन् । पार्टी विभाजन पछी जनप्रतिनिधीहरुले नेपाल कम्युनिष्ट पार्टी (एमाले) अथवा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) पार्टी रोज्नु पर्ने थियो ।
निर्वाचन आयोगले तोके अनुसार जनप्रतिनिधीहरुले भदौ २२ गतेसम्ममा जिल्ला निर्वाचन आयोगको कार्यालयमा गई दल रोजी सनाखत गर्नु पर्ने भएकाले उक्त मिति अघि नै उनीहरुले एमालेमा रहेको विज्ञप्ती मार्फत जानकारी दिएको दिएको हो ।
प्रतिक्रिया