संखुवासभा । प्रहरीले मादी सामूहिक हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ। एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। प्रहरीले कार्कीलाई इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
मादी नगरपालिका–१ उमलिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शनिबार बिहान अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।
अभियुक्त कार्कीले ६ जनालाई आफूले नै हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । उनी मृतकका परिवारका नाती पर्छन्। मादी–१ उम्लिङको खोला गाउँमा एकैपरिवारका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो।
प्रतिक्रिया