खाँदबारी । पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले सिलिचोङ गाउँपालिकालाई स्वास्थय सामग्री उपलब्ध गराएका छन् । गुरुङले सिलिचोङ गाउँपालिका प्रमुख रामबहादुर कुलुङलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका हुन् ।
खाँदबारी स्थित कुलुङ सामुदायिक भवनको उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले कुलुङलाई कार्यक्रमका विच उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । दश लिटर क्षमताको उक्त कन्सन्ट्रेटर विद्युत जडान गरिएको ठाउँमा मात्र प्रयोग हुने र एकै पटकमा ३ जना विरामीहरुलाई अक्सिजन दिन सकिने गुरुङले बताए । गाउँपालिका भित्रका जुनसुकै स्वास्थ्य केन्द्रमा उपयोग गर्ने गरि उपलब्ध गराएको गुरुङले बताए ।
यसै विच, कुलुङ भवन निर्माणमा आर्थिक सहयोग जुटाईदिने कार्यालय र ब्यक्तिहरुलाई सम्मानित गरिएको छ । कुलुङ संघ जिल्ला समन्वय समिति संखुवासभाको समन्वयमा किराँत कुलुङ महिला संघ (कुलु मिम्छा गुस्खम) ले आयोजना गरेको भवन उद्घाटन तथा घरपैंचो कार्यक्रमको अवसरमा दाताहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा पुर्व स्वास्थ्य राज्यमन्त्री गुरुङ सहित संघिय सांसद राजेन्द्र गौतम, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिका रहेका छन् । त्यस्तै निशुल्क जग्गादाताहरु बीरधन, सविता कुलुङ र कमाण्डिङ, ईन्द्रदेवी कुलुङलाई पनि सम्मान गरिएको छ । त्यस्तै भवन निर्माणको क्रममा सवैभन्दा धेरै श्रमदान गर्ने नरेन्द्रकुमार कुलुङलाई पनि कदर पत्रले सम्मान गरिएको छ ।
घरपैचो कार्यक्रममा कुलुङ संघका केन्द्रीय अध्यक्ष चन्द्रसिंह कुलुङ प्रमुख अतिथी रहेका थिए भने कुलुङ संघको बरिष्ठ सल्लाहकार बीरचन्द्र रिन्हो, प्रदेश १ समितिका अध्यक्ष आसधन कुलुङ नेतृत्वको प्रदेश कार्य समितिका पदाधिकारीहरु उपस्थित थिए । त्यस्तै, सुनसरी जिल्ला कार्य समितिका अध्यक्ष मालुमध्वज पिदिसै लगायतका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया