भोजपुर : एकीकृत समाजवादी केन्द्रिय सचिव राईको वडामा कमिटी गठन


१७ आश्विन २०७८, आइतबार


भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एस) को वडा कमिटी गठन भएको छ । वसन्त श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन भएको हो । उपाध्यक्षमा देवराज भट्टराई, सुरेन्द्र कार्की र मिना तामाङ रहेका छन् । त्यस्तै सचिवमा रत्न कुमार राई उप सचिवमा वालजित वि.क. र लक्ष्मी थापा रहेका छन् ।

कार्यक्रम नेकपा (एस) का केन्द्रिय सचिव राजेन्द्र कुमार राईको वडा षडानन्द नगरपालिका वडा नं. ११ मा नेपाल कम्युनिष्ट पार्टी (एस) को वडा कमिटी गठन भएको हो । नेकपा (एस) का नगर कमिटी अध्यक्ष हरि भित्रिकोटीको अध्यक्षता साथै केन्द्रिय कमिटी सचिव तथा प्रदेश नं. १ का सांसद राजेन्द्र कुमार राईको प्रमुख अतिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एस) केन्द्रिय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका अध्यक्ष, जिल्ला कमिटी पदाधिकारी, सदस्यहरु, नगर कमिटीका अध्यक्ष, पदाधिकारीहरु, युवा संघ नेपालका विभिन्न कमिटीका पदाधिकारी साथै सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वक्ताहरुले एमालेमा रहेर कम्युनिष्टहरुले देखेको सपना पुरा नहुने भएको एकीकृत समाजवादी पार्टी दर्ता गर्नु परेको बताएका थिए । कार्यक्रममा युवा संघका केन्द्रिय कमिटीका स्थायी कमिटी सदस्य सन्दिप राई, जिल्ला कमिटी सचिव ममिता राई, जिल्ला उपाध्यक्ष गीता राई, जिल्ला कमिटी अध्यक्ष वीरजंग राई, प्रदेश कमिटी सदस्य ठण्ड बहादुर वि.क. र केन्द्रिय कमिटी सदस्य रमेश शाक्यले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एकीकृत समाजवादीका केन्द्रिय सचिव राजेन्द्र राईले भने कम्युनिष्टको आन्दोलन केपि ओलीले सकाए । कम्युनिष्ट आन्दोलन सकिन नदिनु र संविधान बचाउनको लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिए । देशमा भएका विभिन्न नकरात्मक कृयाकलाप, भ्रष्टचार, अनियमिततालाई रोक्नको लागि एस पार्टीमा सबै आवद्ध हुन राईले अनुरोध गरे ।

 

सम्बन्धित समाचार