नेपाली कांग्रेसमा राजनितिक नेतृत्व जन्माउदै सिलिचोङ



खाँदबारी । केहि बर्ष अघिसम्म नै कम्युनिष्ट किल्लाका रुपमा परिचित सिलिचोङ गाउँपालिकामा पछिल्लो समय अन्य दलहरुमा पनि बाक्लो उपस्थिती देखिन थालेको छ । बर्षौदेखि नेकपा एमालेको क्षेत्रको रुपमा परिचित तत्कालित सिसुवाखोला, बाला, ताम्कु, मांतेवा र याफु गाविसमा नेकपा माओवादी केन्द्र हुँदै अहिले नेपाली कांग्रेसमा समेत आवद्ध हुनेहरुको संख्या बढ्दो छ ।

त्यसो त करिव ७ दशकसम्म नेपाली कांग्रेसको अति भन्दा अति न्युन उपस्थिती रहेको सिलिचोङ गाउँपालिकामा अहिले कांग्रेस निर्णायक तहमा छ । यस अघि मतदाताको रुपमा मात्र हेरिएको सिलिचोङ प्रति आम नेतृत्वको ध्यान केन्द्रित गराउदै नेतृत्व तहको अवसरको खोजी गर्न थालेको छ सिलिचोङले । हालैको नेपाली कांग्रेसको क्षेत्र र जिल्लाको अधिवेसनमा सिलिचोङको दावी र उपस्थितीले यसलाई प्रष्ट पार्छ ।

नेपाली कांग्रेसको १४ औं अधिवेसनको क्रममा यस पटक क्षेत्र नं. १ को सचिव, जिल्ला कार्य समिति सदस्यमा ३ र प्रदेश अधिवसेन प्रतिनिधीमा १ जना निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को सचिव पदमा संयोगान्त कुलुङ निर्वाचित भएका छन् । त्यस्तै जिल्ला सदस्यहरुमा लालुकमारी कुलुङ, सन्तोष कुलुङ र संगम कुलुङ निर्वाचित भएका हुन् । प्रदेश प्रतिनिधीमा रामबहादुर कुलुङ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसले सिलिचोङमा लगभग शुन्यबाट सुरु गरेको संगठन पछिल्लो समय छोटो समयमा नै तिब्र रुपमा विस्तार गरेको छ । सिलिचोङ भोट बैंकको रुपमा मात्र होईन नेतृत्व समेत गर्न सक्छ भन्ने सन्देश दिन खोजेको नेपाली कांग्रेस सिलिचोङ गाउँ कार्य समिति सभापति भुपालराज मेवाहाङ बताउछन् । यस पटकको अधिवेसनमा जिल्ला र क्षेत्र, अर्को निर्वाचनमा जिल्लाको कार्यकारी पोष्टमा पुग्ने गरि काम गर्ने मेवाहाङको भनाई छ । भविश्यमा नेपाली राजनिति र सरकारको उच्च संयन्त्रमा सिलिचोङका नेतृत्वहरु पनि पुग्नु पर्छ भन्ने अठोट रहेको मेवाहाङको भनाई छ ।

नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढेसँगै समन्वय र ब्यवस्थापनमा चुनौती पनि उत्तिकै छ । बढीजसो युवाहरु रहेको र उनीहरुको महत्वकांक्षा पनि बढी हुदा ब्यवस्थापन गर्न सहज नभएको सिलिचोङ सभापति मेवाहाङ पनि स्वीकार्छन् । तर, उचित ब्यक्तिलाई क्षमता सुहाउदो जिम्मेवारी दिने निति सिलिचोङ कांग्रेसले लिएको मेवाहाङ बताउछन् ।

सम्बन्धित समाचार