सञ्जय बने ‘सिलिचोङ स्टार’



खाँदबारी । ताम्कुले साँगीतिक परिवारले आयोजना गरेको गायन प्रतियोगिता सिलिचोङ स्टारको उपाधी सञ्जय राईले जितेका छन् । कार्तिक १२ देखि १३ गतेसम्म सिलिचोङ ३ ताम्कुमा आयोजना गरिएको प्रतियोगिता सिलिचोङ ३ मांतेवाका राईले जितेका हुन् ।

संखुवासभा र भोजपुरका ३६ प्रतिष्पर्धीहरुलाई उछिन्दै राई विजेता बनेका हुन् । १२ गते प्रतियोगीताहरु मध्ये उत्कृष्ठ १० छनौट गरिएको थियो । उत्कृष्ठ १० बाट हेमराज राई, हेमन्त राई र सञ्जय राई फाईलन प्रतियोगिताका लागि छनौटमा परेका थिए । हेमन्त राई र हेमराज राई उपविजेतामा सिमित बनेका छन् ।

उपाधी विजेता सञ्जयले ट्रफी, प्रमाणपत्र र नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् भने एक गीतमा आवाज दिन पाउने भएका छन् । उपविजेता हेमन्त र हेमराजले पनि उपविजेताको प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । उत्कृष्ठ १० बाट बाहिरिएका ७ जनाले डिजिटल ल्याब पार्टनर लक्कि डिजिटल फोटो स्टुडियोको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । प्रतियोगिताका निर्णायकमा गायक तथा संगीतकार उमाङ लामा, संयोगान्त कुलुङ, उमेश मेवाहाङ र टिकाराम कुलुङ रहेका थिए ।

फाईनल प्रतियोगितामा भोईस अफ नेपालका फाईनलिष्ट ज्वाला राई, गायक तथा संगीतकार उमाङ लामा, कलाकार संयोगान्त कुलुङ, उमेश मेवाहाङ, एस्थर कुलुङ लगायतले प्रस्तुती दिएका थिए । कार्यक्रममा करिव ३ हजार दर्शकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार