ताम्कु । केकपा माओवादी केन्द्र सिलिचोङ गाउँ अधिवेसन सनिवार सम्पन्न भएको छ । ताम्कुमा सम्पन्न भएको प्रथम गाउँ अधिवेशनबाट ईश्वर कुलुङको अध्यक्षतामा गाउँ कार्य समिति गठन गरिएको छ ।
अध्यक्ष पदमा विनोद किराँती र ईश्वर कुलुङ विच निर्वाचत गरिएको थियो । प्रतिद्वन्दी किराँतीलाई हराउँदै कुलुङ विजेता बनेका हुन् । विजेता कुलुङ वडा नम्बर ५ का अध्यक्ष समेत हुन् भने किराँती कार्यपालिका सदस्य हुन् ।
अन्य पदहरुमा सर्वसहमती जुटेको हो । समितिको उपाध्यक्षमा निर्मला राई, मनराम राई र माधव राई, सचिवमा बालकिशोर कुलुङ, सहसचिव हेमराज राई र कोषाध्यक्षमा किशन राई चयन भएका छन् । गाउँ कार्य समितिमा अन्य सदस्य ४८ जना रहेका छन् । नव गठिन गाउँ कार्य समितिमा ५५ जना रहेका छन् ।
प्रतिक्रिया