भोजपुर एमाले अध्यक्षमा शरणकुमार राई सर्वसम्मत



भोजपुर । नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि निर्वाचनको संभावना प्रबल रहेकोमा नेताहरूको पटक पटकको कसरतबाट सहमतिमा नेतृत्व छानिएको हो ।

अध्यक्षमा शरणकुमार राई सर्वसम्मत भएका छन् । माधव नेपालले पार्टी विभाजन गरेकोमा असन्तुष्टि जनाउँदै राई एमालेमै बसेका थिए । उनी एमालेमा रहँदा स्थानीय तहका केही जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । २०७५ जेठ २ को संरचनाअनुसार जिल्ला कमिटी सचिव रहेका राई एमाले विवादको क्रममा माधव नेपालले बनाएको समानान्तर कमिटीका अध्यक्ष थिए ।

१० बुँदे कार्यान्वयनको क्रममा एमालेमै रहेका उनलाई गत असोज ५ गते जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष बनाइएको थियो । मक्कर खड्कालाई सचिवको जिम्मेवारी दिइएको थियो । अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिकारीमध्ये सचिवमा किरण राई, सहसचिवमा ध्यानबहादुर राउत र धर्म किराती छन् ।

सम्बन्धित समाचार