खाँदबारी । नेकपा एमाले संखुवासभाको अधिवेसनको तयारी पुरा भएको आयोजकले जनाएको छ । पौष २६ र २७ गते सञ्चालन हुने आठौं जिल्ला अधिवेसनको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
पौष २६ गतेको उद्घाटन शत्रलाई पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम कार्यक्रम रहेको छ । ओली हेलिकप्टर मार्फत जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा ओर्लेर कार्यक्रम स्थल खाँदबारी बजारको टुडिखेलमा आउने आयोजकले जनाएको छ । २५ हजार भन्दा बढी जनसहभागिता हुने कार्यक्रमलाई सम्बोधन गरेर ओली सोहि दिन काठ्माण्डौ फर्किने कार्यतालिका रहेको नेकपा एमाले संखुवासभा अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिए ।
कार्यक्रमको उदेघाटन शत्र टुडिखेलमा हुन भएपनि बन्द शत्र मानेभञ्ज्याङ स्थीत कृषी बजारमा हुने बताईएको छ । अधिवेसन आन्तरिक श्रोत संकलनबाट सम्पन्न गर्ने भएकोले भुगोल, दलित, महिला, जनसंगठन, सम्पर्क मञ्च, सल्लाहकारबाट जनहि एक हजार रुपैयाँ र मनोनित र आयोजकले जनहि २ हजार रुपैयाँ संकलन गर्ने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थायी समिति पोलिटब्युरो, केन्द्रीय सदस्यहरु, प्रदेश १ का अध्यक्ष लगायत पदाधिकारीहरुको आथित्थ्यता रहेने बताईएको छ । बन्द शत्रको कार्यक्रम एक नम्बर प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेको नेतृत्वको नेतृत्वमा गठित अध्यक्ष मण्डलबाट हुने छ भने अधिबक्ता भविश्वर गुरुङ निर्वाचन प्रमुख रहने बताईएको छ ।
प्रतिक्रिया