संखुवासभा । पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य तारामान गुरुङले सभापोखरी गाउँपालिका क्षेत्रमा भएका विकास निर्माणको कार्यको मुल्यङ्कन कांग्रेसले गरेको बताएका छन् । गाउँपालिकाको अलपत्र रहेको प्रशासकीय भवन लगायतका विषयलाई ईङ्कीत गर्दै गुरुङले आगमी निर्वाचनले यसको फैसला गर्ने बताएका हुन् । जस्तोसुकै परिस्थितीको सामान गर्दै आम जनताको हितमा कांग्रेसले कुनै कसर बाँकी नराखेको उनले बताए । उनले भनेः आगमी स्थानीय तहको चुनावमा जसको परिणाम जनताले देखाउने छ ।
सभापोखरी गाउँपालिकाको भवन छ महिनादेखि अलपत्र रहेको छ । निर्माण सुरु भएको भवन जनप्रतिनीधी, कर्मचारी र ठेकेदारको मिलेमतोमा कमसल प्रयोग गरेको र स्थानीयले विरोध गरेपछि काम छोडेर अलपत्र बनाएको स्थानीयले बताउँदै आएको छ । ठेकेदार बेखबर हुनुलाई गाउँपालिकाले तर्फबाट कुनै पहल नगरेको स्थानीयको आरोप छ । सुरु भईसकेको भवन नै अलपत्र हुनु र एमालेबाट निर्वाचित जनप्रतिनीधीहरुले कुनै चासो नदिन जनताको हित विपरित रहेको उनले बताए ।
सभापोखरीको बाह्रविसेमा शनिबार आयोजित वृहत भेलाको संवोधन गर्दै उनले एमालेले विकासका गतिमा चासो नदिई व्यक्तिगत स्वर्थमा लिप्त भएको संज्ञा दिएका छन् । त्यसकै फलस्वरुप कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको उनले बताए । सभापोखरी गाउँपालिकाबाट मात्रै एकैदिनमा संघीय समाजवादी पार्टीका पालिका अध्यक्षसहित एमाले, माओवादी लगायतका दलबाट एक सयबढिले कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसबाहेक अन्य पार्टीमा विवादै विवाद रहेको र स्थानीय स्तरका कार्यकर्ताहरुबाट स्वार्थ लुट्ने मात्रै गर्ने भएकोले कांग्रेसमा प्रवेश गरेको नव प्रवेशीहरुले बताएका छन् । कांग्रेसबाट मात्रै परिवर्तन सम्भव भएको भन्द्र उनीहरुले अन्य पार्टी पारित्याग गरि कांग्रेसमा प्रवेश गरेको बताए ।
सभापोखरीमा एक सय बढि वृद्धावृद्धालाई सम्मान समेत गरेको छ । सभापोखरी कांग्रेसले कांग्रेसको संगठनमा योगदान दिएको भन्दै ६० बर्षमाथिका सबैलाई सम्मान गरेको हो ।


प्रतिक्रिया