नोबेल मेडिकल कलेजमा आन्दोलन थप चर्कियो



विराटनगर । नोबेल मेडिकल शिक्षण अस्पतालमा अतिरिक्त शुल्कविरुद्ध भइरहेको आन्दोलन थप चर्किएको छ। एमबिबिएस प्रथम वर्षका आन्दोलनरत विद्यार्थीहरूले आज (मंगलबार)अस्पतालअगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

कलेज प्रशासनले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्नाका साथै पठनपाठनमा रोक लगाएपछि विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन्।

विद्यार्थीले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् भने उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियागिरी अन्त्य गर्न माग समेत राखेका छन्।

नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिपबापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको विरोधमा दुई सातादेखि विद्यार्थीहरू आन्दोलनरत छन्।

सम्बन्धित समाचार