नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले संखुवासभास्थित अपर अरुण आयोजनामा संखुवासभावासी हावी हुनुपर्ने बताउनुभएको छ ।
संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसियसनले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले संखुवासभावासी बेलैमा सचेत नभए यस आयोजनामा विश्व बैंक र नेपाल बिद्युत प्राधिकरण हावी हुने संकेत गर्नुभयो ।
देशकै सबै भन्दा सस्तो र आकर्षक आयोजना भएकाले यो आयोजना संखुवासभावासी र प्रदेश–१ का नागरिकले बनाउनु पर्नेमा जोड दिनुभयो । राम्रो आयाजना भएकाले सबैको चासो भएको र बिश्व बैक र अन्य कम्पनीको हातमा गए आयोजना नबन्ने, लम्बीने र संखुवासभाबासीले दुःख पाउने बताउनुभयो ।
४ हजार बढी मेघावाट क्षमताको जलभण्डार जिल्लामा रहेको भन्दै अपर अरुण आयोजना छिटो भन्दा छिटो जनताको शेयरमा बन्नुपर्छ भन्ने कुरामा माओवादी केन्द्र र अन्य राजनीतिक दलको धारणा रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य कार्कीले सबैतिर चर्चाको केन्द्र बनेको १ हजार ६१ मेघावाट क्षमताको अपर अरुण आयोजना प्रदेश–१ र मुख्य गरी संखुवासभा र भोजपुरका नागरिकले बनाउनुपर्ने बताउनुभयो । विश्व बैंकले सर्भेको काम अन्तिम चरणमा पु¥याएको भन्दै कुन मोडालिटीमा बनाउने भन्ने बिषमा बहस भई रहेको पनि बताउनुभयो ।
नेपाल बिद्युत प्राधिकरणसंग लाईसेन्स रहेको र यसकै सहायक कम्पनी अपर अरुण जलबिद्युत आयोजना कम्पनी लिमिटेडले अध्ययन गरी रहेको उहाँको भनाइ थियो । केहि नीतिगत निर्णय हुन बाँकी रहेको र बित्तिय व्यवस्थापन कसरी गर्ने भन्नेमा अड्कीएको बताउनुभयो ।
यसमा संखुवासभावासीको शेयर सुनिश्चित पहिलो प्राथमिकतामा रहेको छ । सबै राजनीतिक दल बसेर नीतिगत निर्णय गरेर टुंग्याउने कार्कीको भनाई छ । नीति र कानुन बनी रहँदा चुप लागेर बसे पछि परीने भन्दै बेलैमा सचेत हुन सबैलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया