मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार विहान सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा प्रेम देवान निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा बसन्त पालुङ्वा, मोहन तामाङ, संदिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मीला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल निर्वाचित भएका छन् । त्यस्तै खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लावती र बाबुराम मुडियारी निर्वाचित भएका छन् ।
लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यहश्रमा दिपक राई र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन् । अनुशासन समिति संयोजकमा वीरबहादुर पापो र सदस्यहरुमा सोनीकुमार आङदेम्बे र विजयकुमार राई निर्वाचित भएका छन् ।
मंगलबार सुरु भएको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनले ११ बुँदे समसामयिक ‘पथरी घोषणापत्र’ पारित गरेको छ । महाधिवेशनले प्रदेश १ को नाम पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गरेको छ ।
प्रतिक्रिया