संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रम बिच खाँदबारी नगरपालिका वडा नं. ५ को वडा कार्यालयको प्रशासनिक वडा कार्यालय भवनको रिबन काटेर खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले उदघाटन गरेका हुन् ।
उनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानीय सरकारको जिम्मेवारीमा आएपछि सोही अनुसार विकासनिर्माण प्रति कटिबद्ध भएर काम गरिरहेको बताए । मेयर खतिवडाले नगरभित्रका ११ वटै वडामध्ये सबैभन्दा पहिले निर्माण सम्पन्न गरि संचालनमा आएकोमा ५ नम्बर वडाबासीहरुलाई धन्यवाद दिए । उनले संघीयतापछि बनेको स्थानीय सरकार विकास निर्माण प्रति जिम्मेवार भएर लागि परेको उनको भनाइ थियो । ‘खाँदबारी नगरपालिका भित्रका ११ वटा वडामध्ये १ नम्बर वडा बाहेक अरु कसैको आफ्नो भवन छैन् । आठ वटा वडा भवनमध्ये सबैभन्दा ढिलो गरि ठेक्का लागेको ५ नम्बर वडा भवन निर्माण कार्य सबैभन्दा छिटो निर्माण सम्पन्न भएको भन्र्दै वडाबासी र निर्माण कम्पनीलाई समेत धन्यपाद दिन चाहान्छु ।’—मेयर खतिवडाले थपे—‘खाँदबारी नगरपालिकाले आठ वटा वडा कार्यालय प्रशासनिक भवनको ठेक्का लगाएको थियो । वडा नम्बर ३ र १० मा भने जग्ग्गा ढिलो प्राप्त भएकाले भर्खरै शिलान्यास गर्ने काम सम्पन्न भएको छ । अन्य वडाको निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । अब हामी चाँडै ति भवनहरुको समेत उद्घाटन गर्नेछौ ।’
समग्र नगरको विकास भन्नु नै तल्लो तह वडाको बिकास भएको मेयर खतिवडाको भनाइ छ । उनले खाँदबारी नगरपालिका भित्र थुप्रै संम्भावना हुँदा–हुर्दै पनि बजेट ब्यबस्था नहुँदा र विभिन्न ब्याबधानका कारणले सोचेजति विकास निर्माणले गति लिन नसकेको समेत बताए ।
खाँदबारी नगरपालिकाका उपमेयर डेगेश्वरी श्रेष्ठले नगरभित्र सबैभन्दा छिटो वडा बनाउन सफल भएकोमा ५ नम्बर वडा समिति र निर्माण कम्पनीलाई समेत धन्यवाद दिए ।
त्यसैगरि कार्यक्रममा १० र ६ नम्बरका वडा अध्यक्ष केशवराजसिं थापा र दयानिधी बरालले ५ नम्बर वडाले आफ्नै भवनबाट कार्यालय संचालन गरेकोमा खुशी ब्यक्त गर्दै सबै वडाबासीलाई धन्यवाद दिए । त्यसैगरि कार्यक्रममा कार्यपालिका सदस्य सुनिता कार्की र इन्द्रमायाँ बराइलीले समेत सिंहदरवार गाउँमा नै आएको अनुभुति हुने गरि काम होस् भन्र्दै शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्र्दै ५ नम्बरका कार्यवहाक वडा अध्यक्ष श्यामप्रसाद निरौलाले संघीयता प्रति सिंहदरबार गाउँमा आएको र सोही अनुसार समान रुपमा सबैमा एकनासको ब्यबहार हुने बताए । उनले हिजो जस्तो घण्टौ लगाएर सिफारिस लिनु मात्रै सदरमुकाम सम्म जानुपर्ने बाध्यता हटेको बताउर्दै सबै आमनागरिकहरुलाई समान रुपमा यस वडा कार्यालयबाट नै सेवा प्रवाह हुने प्रतिबद्धता ब्यक्त गरे ।
उक्त वडाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उपमेयर डेगेश्वरी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद सुवेदी, १ नम्बरका वडाध्यक्ष निरन्जन श्रेष्ठ, ६ नम्बरका वडाध्यक्ष दयानिधी बराल, १० नम्बर वडाध्यक्ष केशवराजसिं थापा लगायतको उपस्थिती रहेको थियो ।
सोही कार्यक्रममा समयभित्रै काम सम्पन्न गर्ने अरुणबरुण निर्माण सेवा कम्पनीका कार्यकारी निर्देशक मिगुर शेर्पालाई समेत सम्मान गरिएको थियो । उक्त वडा कार्यालयका लागि जग्गा दिने जग्गादाताहरु हरिबहादुर तामाङ, रत्नामायाँ पुरीको छोरा ढकनबहादुर पुरी र मानबहादुर घिमिरेलाई सम्मान गरिएको थियो । एक करोड एक लाख एक १२ हजार सात सय ७६ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।
प्रतिक्रिया