खाँदबारी अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण



संखुवासभा । जिल्ला अस्पताल संखुवासभाका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । ल्याब र नर्सिङ कर्मचारीलाई कोरोना सङ्क्रमण भएको अस्पतालले जनाएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपनि स्वास्थ्य सावधानी अपनाएर सेवा भने दिईएको छ । बिहिबार कोरोना भएकी गर्भवतीलाई पनि सुत्केरी गराईएको छ । नवजात शिशु भने सङ्क्रमित छैनन् । संखुवासभामा शुक्रबार सम्म संक्रमित हुनेको संख्या ९२ जना पुगेको छ ।

सम्बन्धित समाचार