कर्मचारीलाई कोरोना भएपछि सङ्खुवासभा जिल्ला अस्पतालका अत्यावश्यक बाहेकका सेवा बन्द



सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना सङ्क्रमण भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको सङ्खुवासभा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. योगेन्द्रमणि बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार, आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक मात्र सञ्चालन हुने अन्य ओपीडी लगायतका सेवाहरु माघ १५ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।

सङ्खुवासभामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या १२३ पुगेको छ।

सम्बन्धित समाचार