जबरजस्ती करणी मुद्धाका प्रतिवादी खाँदबारीका भुजेल पक्राउ



संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी खाँदबारी नगरपालिका १० का सन्तोष भनीने राज कुमार भुजेललाई पक्राउ गरेको छ ।

२५ वर्षिया भुजेल आइतबार पक्राउ परेका हुन् । भुजेललाई सोमबार जिल्ला अदालत चैनपुरमा उपस्थित गराई कैद भुक्तानका लागि जिल्ला कारागार संखुवासभा पठाइएको प्रहरीले जनाएको छ ।

गत मंसिर ९ गते उच्च अदालत बिराटनगर धनकुटा इजालसले भुजेललाई दोसी ठहर गर्दै १२ वर्ष कैद र पीडितलाई २५ हजार क्षतिपुर्ती भराई दिने भनी फैसला गरेको थियो ।

सम्बन्धित समाचार