संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले अर्धवार्षिक प्रगति समिक्षा सार्वजनिक गरेको छ । गत साउन महिना देखि पुस मसान्तसम्मको कार्यालय मातहतका कामकारबाही बारे समिक्षा प्रस्तुत गरेको हो ।
यस अवधिमा १ सय १५ मुद्धा दर्ता भएकोमा ६४ वटा मुद्धा फच्र्यौट भएको र ५१ वटा मुद्धा बाँकी रहेको जनाएको छ । जसमध्ये २३ जना पक्राउ गरि १० लाख ८ हजार ७ सय २ रुपैंया ९१ पैसा जरिवाना भराईएकछन् ।
त्यस्तै भन्सार चोरी निकासीमा २ जना चिनिया नागरिक पक्राउ गरिएको छ । अवैध काठ तस्करीमा ५ जना, लागु औषध नियन्त्रणमा १० जना पक्राउ परेका छन् भने ४ जना अझै फरार छन् । त्यस्तै ९ ओटा सवारी साधन चोरि गरेकोमा ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कर्तव्य ज्यान, तथा अवैध विषादी औषधी तथा अवैध जडिबुटी ओसारपसारमा संलग्नलाई पक्राउ गर्न सफल भएकोमा महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ ।
प्रतिक्रिया