मृग मारी लैजादै गर्दा भरुवा बन्दुक सहित पक्राउ



संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका ७ वालेस्वर जंगलबाट १ थान भरुवा बन्दुक र मारेको मृग सहित सोहि नगरपालिका ७ फलाटे बस्ने सभापोखरी गाउपालिका ४ घर भएका ३५ बर्षिय दिल बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त जंगलमा जंगली जनावरको सिकार हुदैछ भन्ने सुचनाको आधारमा अस्थाई पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले दिलबहादुरलाई मृग मारी घरतर्फ लैजान लागेको अबस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

सम्बन्धित समाचार